नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको बहिष्कार गर्नु लोकतन्त्रविरुद्ध भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले नेकपा माओवादी लगायत असन्तुष्ट ३३ दललाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन्।
संविधानसभा निर्वाचन लोकतन्त्रको संस्थागत विकासका लागि भएकाले निर्वाचनमा सबैलाई सहभागी गराउन वर्तमान सरकार र राजनीतिक दलहरु गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए।
निवाचन आयोगले दलदर्ता अभियान सुरु गरिसकेकाले छिटो निर्वाचनको मिति घोषणा हुने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले निर्वाचनको बहिष्कार गर्नु लोकतन्त्रविरुद्ध भएको स्पष्ट गरेका थिए