सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउनका लागि बजेटमा छुटेका कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीले मंगलबार बुझाएको १२ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै उहाँले सञ्चारको क्षेत्रका कतिपय कुरा बजेटले समेटेको भए पनि कतिपय कुरा छुटेको हुनाले त्यसलाई सम्बोधन गर्ने बताए।
मन्त्री राईले चौतारीको मागअनुसार बजेटमा पत्रकारलाई उपचारमा सूचना विभागको रातो कार्डअनुसार सरकारी अस्पतामा ५० प्रतिशत निःशुल्क उपचारको कार्य महत्वपूर्ण कुरा भएको भन्दै छुटेका कुरालाई पनि समेट्ने उल्लेख गरे। रासस