सत्तारुढ दल राप्रपा नेपालले सरकारले प्रस्तुत गरेको बजेटमा असहमति जनाएको छ।
अर्थमन्त्री बजेट प्रस्तुत गरेपछि संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बजेटमा असहमति जनाए।
बजेटका विषयमा आफूहरुसँग छलफल भए पनि आश गरेजस्तो बजेट नआएको उनले बताए। यस विषयमा पार्टीको बैठक बसेर छलफल गरिने उनले बताए।