सरकारले आर्थिक वर्ष २०७३/७४ मा ६. ५ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ। बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बृद्धिदर ६. ५ प्रतिशत पुर्याइने घोषणा गरे।
चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर १ प्रतिशत पनि नपुगेका बेला पौडेलले महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन्।
त्यस्तै मुद्रास्फितिदर ७. ७ प्रतिशतमा कायम राख्ने उनले बताए। चालु आवमा यो दर ९. ७ प्रतिशत कायम रहेको छ।