सरकारले व्यवस्थापिका संसदमा छलफल सुरु भईसकेको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षका लागि सरकारले तयार पारेको बजेटका सिद्धान्त र प्राथमिकताको निति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको हो।
बुधबार अचानकै सरकार फेरवदलको हल्ला चरमोत्कर्षमा पुगेपछि अक्षरश छलफल बिना नै विहिबारको व्यवस्थापिका संसद बैठकमा निति तथा कार्यक्रम पेस गरिएको थियो।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निति तथा कार्यक्रममा सैद्धान्तिक सहमति जनाउदै संसद बैठकमा पेश गरेको र त्यस बारे शुक्रबार बसेको बैठकमा विस्तृत छलफल भएको उपप्रधान एंव रक्षा मन्त्री भीम रावलले जानकारी दिए।
मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिंदै गर्दा त्यसमा व्यवस्थापिका संसदमा ४९ जना सांसदले धारणा राखिसकेका छन्।