एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार बाहिर र सडकमा भएका दललाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा आउन आग्रह गरेका छन्।
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको ५ औ राष्ट्रिय सम्मेलनको शुक्रबार राजधानीमा उद्घाटन गर्दे राष्ट्रिय एकता र स्वाधिनताका लागि केन्द्रिय राजनीतिमा आउन आग्रह गरेका हुन्।
पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमको उल्लेख गर्दे उनले कुनामा बसेर रूदैमा मुलुकको स्वाधिनता जोगिन नसक्ने बताएका हुन्।
अध्यक्ष दाहालले प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दललाई इंगित गर्दै राष्ट्रिय स्वाधिनताका लागि अरुलाई सत्तो सराप नगरी राजनीतिको केन्द्रविन्दुमा आएर आँधी वेहरीसँग जुध्न चुनौति दिए।
कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउन गरेको निर्णयको दुई दिन पछि नै अध्यक्ष दाहाल त्यही नेपाली कांग्रेस माथि खनिएका हुन्। आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भन्दै आफ्नै हस्ताक्षरमा विज्ञप्ती जारी गरेका अध्यक्ष दाहालले रातारात निर्णय परिर्वतन गरी वर्तमान गठबन्धनमा नै रहने बताएका हुन्।
बहुमतीय सरकार हुने संकेतका कारण आफू पछि हटेको प्रतिक्रिया दिदै वर्तमान गठबन्धनमै रहने प्रतिक्रिया दाहालले दिएका थिए। अध्यक्ष दाहालले निरासा र विद्धेष फैलाउने नभई जीवन्तता र एकता प्रेरित साहित्य श्रृजना गर्नुपर्नेमा पनि जोड दिए।
समाजमा देखिएको विकृति, विचलन विरुद्ध फेरि एकपटक संघर्षको तयारी गर्न पनि अध्यक्ष्य दाहालले मातहतका निकायलाई निर्देशन समेत दिए।