अर्को हप्तादेखि हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारतभ्रमण स्थगीत भएको छ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार, मन्त्रिपरिषद्ले राष्ट्रपति भ्रमण स्वीकृत नगरेपछि स्थगीत भएको हो।
'मन्त्रिपरिषदले स्वीकृत गरेको खबर अहिलेसम्म त आएको छैन,' उनले सेतोपाटीसंरग भने, 'अहिलेलाई स्थगीत नै भएको छ।'
२७ गते राष्ट्रपति भण्डारीको भारत भ्रमण हुने भनिएको थियो।