प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा माओवादी उपस्थितिबिनै बालुवाटारमा सत्तारुढ अन्य दलको बैठक सुरू भएको छ।
माओवादी उपस्थित नभएपछि प्रधानमन्त्री केपी ओलीले सत्तारुढ साना दलसँग छलफल गरिरहेका छन्। ६ बजे नै सुरू हुने भनिए पनि एमाओवादी पर्खेर बस्दा केही समय बैठक ढिलो सुरू भएको थियो।
करिब एक घन्टाअघि सुरू बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।