सत्तारुढ दल एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा चलिरहेको छ। केहीबेर अघि सुरु भएको बैठकमा पछिल्लो राजनीतिक विकास क्रममा बारेमा छलफल भइरहेको छ।
यसअघि आजै एमाओवादीले वर्तमान सरकारले काम गर्न नसकेको भन्दै अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै अरु दललाई सरकारमा सहभागी हुन अपिल गरेको थियो।