प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बैठक साँझ ६ बजेका लागि बालुवाटारमा बोलाइएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल एमाओवादीले एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालेपछि प्रधानमन्त्रीले सत्ता सहयात्रीलाई छलफलका लागि बोलाएका हुन्। ‘विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो,’ दाहालले सेतोपाटीसँग भने।