प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहेका उनीहरुबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा छलफल भएको बुझिएको छ। यद्दपि भेटवार्ताबारे औंपचारिक जानकारी दिइएको छैन।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताए।
मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताको बैठक बसेको थियो । आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र दाहालबीच भेट भएको हो। रासस