एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग पार्टी एकीकरण छिट्टै हुने बताएका छन्।
क्रान्तिकारी पत्रकार सङ्घ नेपाल ललितपुरको दोस्रो सम्मेलन तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा शुक्रवार उनले दुई पार्टी एकीकरणका लागि पार्टीभित्र अन्तिम तयारी भइरहेको बताएका हुन्।
यसबाहेक माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्द तथा मातृका यादवले नेतृत्व गरिरहेको माओवादी पार्टीसँगसमेत पार्टी एकीकरणमा ल्याउने पहल भइरहेको उनले बताए। रासस