अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन आईकाओले नेपाली हवाई सुरक्षाको अडिट गर्ने भएको छ। नेपाली आकास असुरक्षीत हुँदै गएको भन्दै विभिन्न मुलुकका संघसंस्थाले प्रतिवेदन पेस गरेपछि आईकाओले हवाई सुरक्षाबारे लेखाजोखा गर्न टोली पठाउन लागेका खबर आजको कारोबारमा छापिएको छ।
पुनर्बिमा, अमेरीकी र युरोपेली मुलुकका बिमा कम्पनी तथा हवाई सेवासम्बन्धी संघसंस्थाले नेपालको हवाई सुरक्षाबारे नकारात्मक प्रचार गर्न थालेपछि नेपालले नै आईकाओलाई अडिटका लागि आग्रह गरेको हो। यसअघि पटक–पटक विदेशी पुनर्बिमा कम्पनीले हवाई दुर्घटना तत्काल न्यूनिकरण नगरे कालोसूचीमा राख्ने चेतावनी दिइसेको छन्। नेपालको हवाई सुरक्षाबारे लेखाजोखा गर्न आईकाओको टाली जुलाई १० देखि १६ सम्म नेपालमा रहनेछ। टोलीले नेपालको हवाई सुरक्षामा भइरहेका गतिविधि, दुर्घटना, दुर्घटनाकोपछिको सुधारलगायत विषयमा अध्ययन गर्नेछ।