संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज बृहत् कार्यकर्ता भेला गरी प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम घोषणा गरेको छ।
पार्टी कार्यालय फिर्केमा गरिएको सो भेलामा घोषणा भएका प्रत्यक्षतर्फका उम्मेदवारमा निर्वाचन क्षेत्र नं १ मा कार्यवाहक क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद रेग्मी, २ मा युथ भोलेन्टियरका पश्चिमाञ्चल संयोजक देवेन्द्रकिशोर बास्तोला, ३ मा जिल्ला सदस्य फणिन्द्रनाथ अधिकारी र ४ मा जिल्ला सचिव भीमराज भण्डारी छन्।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य कमलमान गुरुङले देशको सर्वाङ्गीण विकासका लागि जनताको इच्छा मुताबिक राप्रपाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताए।
राप्रपा कास्कीका अध्यक्ष जेबी कुँवरको अध्यक्षतामा भएको उक्त भेलामा जिल्ला उपाध्यक्ष नरहरि तिमिल्सिना, जिल्ला कोषाध्यक्ष इन्द्रबहादुर भारी, जिल्ला सदस्य कृपा पौडेल, गणेशबहादुर ढकाललगायतका वक्ताले निर्वाचन सम्पन्न गर्न राप्रपा गाउँगाउँ पुग्ने धारणा राखेका थिए। रासस