उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति मातृका यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सभापति यादवले नेपाली काँग्रेसको कुनैपनि समितिमा नरहने तथा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।
काँग्रेसले रुपन्देही क्षेत्र नं २ बाट पार्टीका केन्द्रीय नेता रामकृष्ण ताम्राकारलाई उम्मेदवार बनाएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै यादवले राजीनामा दिएको बुझिएको छ।
यादवले आज पार्टी कार्यालय भैरहवामा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको नेका क्षेत्रीय सदस्य सतिष चौधरीले जानकारी दिए।
उनले त्यो पार्टीभन्दा बाहिर नलाने कुरा भएकाले आफू यस सम्बन्धमा बोल्न नचाहेको बताए। यादव यस क्षेत्रका पुराना काँग्रेसी नेता हुन्। रासस