कास्कीको क्षेत्र नम्बर १ मा मुख्य तीन पार्टीका नेताहरुले चुनाव लड्ने भएका छन् । क्षेत्र नम्बर एकबाट एकिकृत नेकपा माओवादीबाट पार्टीका इन्चार्ज झलकपाणी तिवारी, कांग्रेसबाट नेपाली काग्रेस कास्कीका अध्यक्ष यज्ञ बहादुर थापा, र नेकपा एमालेबाट एमाले कास्कीका अध्यक्ष मान बहादुर जिसिले संविधान सभाको चुनाब लड्रने भएका छन् ।
उनिहरु तीनै जना पार्टीका प्रमुख हुन् । त्यसै गरी कास्की क्षेत्र नम्बर २ बाट एमाओवादीबाट बखानसिँह तमु, नेपाली कांग्रेसबाट सारदा पौडेल, एमालेबाट कृष्ण थापालाई पार्टीले सिफारीस गरेको छ । त्यसै गरी क्षेत्र नं ३ मा एमाओवादीबाट रामजी बराल, काग्रेसबाट शोभियत बहादुर अधिकारी, एमालेबाट रविन्द्र अधिकारी रहेका छन् भने क्षेत्र नं ४ मा एमाओवादीबाट गुप्त हमाल, काग्रसबाट महादेव गुरुङ र एमालेबाट सरिता गिरीलाई पार्टिले शिफारीस गरेको छ ।