प्रत्यक्ष तर्फको टिकट वितरणका क्रममा काग्रेस उपसभापति रामचन्द्र पौडेलले भेदभाव गरेको भन्दै तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङका सर्मथकहरुले नेपाली कांग्रेसको तनहँ कार्यालय तालाबन्दी गरेका हुन्।
गुरुङका समर्थकहरुले आज दिउँसो पार्टी कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । पार्टी कार्यालयमा तालाबन्दी भएपछि नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालय परिसर सुनसान हुन पुगेको छ। गुरुङले काग्रेस उपसभापति पौडेलको क्षेत्र तनहुँ क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका थिए।
सदरखोरमा रहेका काग्रेस नेता खुमबहादुर खड्काको दाहिने हात मानिने गुरुङले तनहुँ क्षेत्र नं २ बाट बागी उठ्ने घोषणा समेत गरिसकेका छन्। गुरुङले खड्काको ईशारामा क्षेत्र नं २ बाट पौडेलेको विरुद्धमा बागी उठ्ने तयारी गरेको बुझिएको छ। गुरुङ यतिबेला तनहुँको दक्षिणी भेग कोटा ,बैदी लगायतका स्थानमा प्रचार प्रसारको अभियानमा जुटेका छन्।भोलि दमौली आएर उम्मेदवारी दर्ता गराउने उनले बताए ।