नेपाली कांग्रेस कि नेतृ सुप्रभा घिमिरेले आगामी संविधानसभाको चुनावमा प्रत्यक्ष तर्फको उमेद्वार नदिए पछि पार्टी परित्याग गरेकी छिन ।
कांग्रेसले समानुपातिक तर्फ उम्मेद्वार बन्न गरेको अनुरोध लगत्तै उनले पार्टी छोडेकी हुन् । ‘एकातिर महिला उम्मेदवार हरु पुगेनन भन्दै खोज्दै हिड्ने अर्को तर्फ गत निर्वाचनमा विजयी र आउने चुनावमा पनि जित्ने जनाधार भएको उम्मेदवारलाई पाखा लगाउने पार्टीमा देखियो’ एक एफ एम संग कुरा गर्दै घिमिरेले बताइन । उनले आफु कुनै पार्टीमा नजाने बरु सबै संग सल्लाह गरेर सम्भावना देखे नयाँ पार्टी गठन गर्ने बताइन ।
ग्त संविधानसभा चुनावमा काठमाडौँ क्षेत्र नं. चार बाट एमाले नेतृ विद्या भण्डारीलाई हराउदै घिमिरे सभासद निर्वाचित भएकी थिइन । सो चुनावमा पनि सो क्षेत्रबाट पार्टीको टिकेटका दावेदार गगन थापालाई यसपटक पार्टीले प्रत्यक्ष तर्फ उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति: 2013-10-02 16:34:24