एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका तर्फबाट ४० क्षेत्रमा उम्मेद्वारहरु तय गरेको छ । यसअघि पनि एमाओवादीले ४० क्षेत्रका उमेद्वारको नाम छानिसकेको थियो । एमाओवादीले सिफारिस गरेको विभिन्न राज्य समिति अन्तर्गतका उम्मेद्वार र क्षेत्रहरुमा सेतीमहाकाली, भेरी कर्णाली, तमुवान, किराँत र लिम्बुवान राज्य समिति अन्तर्गतका निर्वाचन क्षेत्र रहेका छन् । आज छानेको उम्मेद्वारहरुको नाम यसप्रकार छ ।
१. राजन किराँती उदयपुर –१
२. सुरेशकुमार राई उदयपुर –२
३. मोहनबहादुर खत्री उदयपुर –३
४. आइन्द्र केरुङ पाँचथर –१
५. दिनेश लावती पाँचथर –२
६. युवराज पौडेल इलाम –१
७. रमेशकुमार लिङदेन इलाम –२
८. धिरेन्द्र शर्मा इलाम –३
९. टेकबहादुर बस्नेत सल्यान –१
१०. भीमप्रसाद शर्मा सल्यान –२
११. कृष्णबहादुर महरा रोल्पा –१
१२. ओनसरी घर्ती रोल्पा –२
१३. गणेशमान पुन रुकुम –१
१४. जनार्दन शर्मा रुकुम –२
१५. नवराज सुवेदी प्युठान –१
१६. कृष्णध्वज खड्का प्युठान –२
१७. सुदर्शन बराल गुल्मी –१
१८. अशोक थापा गुल्मी –२
१९. बामदेव क्षेत्री गुल्मी ३
२०. लोकेन्द्र विष्टमगर म्याग्दी
२१. कृष्ण के.सी. बाग्लुङ –१
२२. लीलबहादुर थापा बाग्लुङ –२
२३. तुलसी अर्याल बाग्लुङ ३
२४. बाबुराम भट्टराई गोरखा –१
२५. हितराज पाण्डे गोरखा –२
२६. छमबहादुर गुरुङ गोरखा –३
२७. शैलेन्द्र घिमिरे स्याङ्जा –१
२८. कल्पना अर्याल स्याङजा –२
२९. डम्मरदेव अर्याल स्याङजा –३
३०. ङटुक गुरुङ मुस्ताङ
३१. पुष्पविक्रम मल्ल धादिङ –१
३२. कल्पना धमला धादिङ –२
३३. शालिकराम जमकट्टेल धादिङ –३
३४. विमला सुवेदी नुवाकोट –१
३५. हितबहादुर तामाङ नुवाकोट –२
३६. पोष्टबहादुर बोगटी नुवाकोट –३
३७. विना मगर कञ्चनपुर –१
३८. अमिन दहित थारु कञ्चनपुर –२
३९. टेकेन्द्र भट्ट कञ्चनपुर –३
४०. मोहन गिरी कञ्चनपुर –४