एमाओवादीले पार्टीको शीर्ष नेतृत्वसहित हिमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
एमाओवादी केन्द्रीय कार्यालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड' काठमाडौँ क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै हुनुहुन्छ। अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ र रूपन्देही क्षेत्र नं ४ बाट उम्मेदवार बन्न्ो भएका छन्।
एमाओवादीको केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको आज बिहान बसेको बैठकले सो नामावलीको टुङ्गो लगाएको हो। एमाओवादी केन्द्रीय कार्यालयका अनुसार नेता पोष्टबहादुर बोगटी नुवाकोट क्षेत्र नं ३ बाट उम्मेदवार बन्न लागेका हुन्।
एमाओवादी अध्यक्ष प्रचण्ड अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० बाटै विजयी भएका थिए भने नेता डा. भट्टराई यस अघि गोरखा क्षेत्र नं २ बाट विजयी भएका थिए।
यस पटक उनले गोरखाको क्षेत्र नं २ छोडेर क्षेत्र नं १ बाट उम्मेदवार बन्नु भएको छ भने नेता बोगटी यसअघि पनि नुवाकोट क्षेत्र नं ३ बाटै विजयी भएका छन्।
एमाओवादीले आज सेती–महाकाली राज्य समितिअन्तर्गतका अछाम, बैतडी, बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा र डोटी जिल्लाको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। भेरी–कर्णाली राज्य समितिअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला जिल्लाको उम्मेदवारको नामावली पनि सार्वजनिक गरिएको छ।
यस्तै तमुवान राज्य समितिको मनाङ, किरात राज्य समितिको सङ्खुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका उम्मेदवारहरूको नामावली पनि सार्वजनिक गरिएको छ। त्यस्तै लिम्बूवान राज्य समितिअन्तर्गतका ताप्लेजुङ र तेह्रथुम जिल्लाको उम्मेदवारको नामावली समेत आजै सार्वजनिक भएको छ।
नामावली अनुसार पार्टी केन्द्रीय सदस्य एवम् सेती–महाकाली राज्य समिति संयोजक लेखराज भट्ट डोटी क्षेत्र नं २, केन्द्रीय सदस्य शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं १ र पूर्व मन्त्री सत्या पहाडी डोल्पाको उम्मेदवार तोकिएका हुन्।
उम्मेदवारहरूको नामावली निम्नानुसार छ :
१ काठमाडौं १०– अध्यक्ष पुष्पकमल दाहाल
२ गोरखा १– डा बाबुराम भट्टराई
३ नुवाकोट ३ – पोष्टबहादुर बोगटी
४ अछाम क्षेत्र नं. १ दिपक साउद
५ क्षेत्र नं. २ झंकर रावल
६ बैतडी क्षेत्र नं. १ नरेन्द्र कुँवर
७ क्षेत्र नं. २ रेणु चन्द
८ बझाङ्ग क्षेत्र नं. १ देवराज रेग्मी
९ क्षेत्र नं. २ हरि कुँवर
१० दार्चुला – ललित सिंह ठगुन्ना
११ डडेलधुरा – खगराज भट्ट
१२ बाजुरा – सहदेव वोगटी
१३ डोटी क्षेत्र नं. १ मोहन बम
१४ क्षेत्र नं. २ लेखराज भट्ट
१५ सुर्खेत क्षेत्र नं. १ ठम्मर विष्ट
१६ क्षेत्र नं. २ भीम बहादुर मल्ल
१७ क्षेत्र नं. ३ नर बहादुर विष्ट
१८ दैलेख क्षेत्र नं. १ क. तेज बहादुर चन्द
१९ क्षेत्र नं. २ थीर बहादुर कार्की
२० जाजरकोट क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत
२१ क्षेत्र नं. २ भक्त बहादुर शाह
२२ डोल्पा –सत्य पहाडी
२३ जुम्ला – गजेन्द्र बहादुर महत
२४ कालीकोट – महेन्द्र बहादुर शाही
२५ मुगु – सुकवीर बुढा
२६ हुम्ला – छिरिङ डम्दुल लामा
२७ मनाङ्ग – कपिल लामा
२८ संखुवासभा क्षेत्र नं. १ इन्द्र हाङ राई
२९ क्षेत्र नं. २ राजेन्द्र किराती
३० भोजपुर क्षेत्र नं. १ खेम राज नेपाली
३१ क्षेत्र नं. २ सुदन राई
३२ खोटाङ क्षेत्र नं. १ दुर्गा जयन्ती राई
३३ क्षेत्र नं. २ देवान राई
३४ सोलुखुम्वु – गोम्बु शेर्पा
३५ ताप्लेजुङ्ग क्षेत्र नं. १ सञ्चपाल मादेन
३६ क्षेत्र नं. २ टंक आङबुहाङ
३७ तेह्रथुम – दूर्गा प्रसाद चापागाईं
३८.सिरहा ५ – अध्यक्ष पुष्पकमल दाहाल
३९.रुपन्देही ४ – डा बाबुराम भट्टराई