चार दलबाट बढेर सात दल भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्साको वीरगन्जमा बुधबार लाठी जुलुस निकालेको छ ।
लाठी जुलुस वीरगन्जको घण्टा घरबाट सुरु भएर नगर परिक्रमापछि कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आन्दोलनका कार्यक्रम र स्वरुप परिवर्तन मात्र भएको बताउँदै मधेसमा दुई प्रदेश नभएसम्म आन्दोलन नरोकिने बताए।