पूर्व राज्यमन्त्री गिरीबहादुर केसीको मस्तिष्कघातका कारण निधन भएको छ ।
राप्रपा पार्टीका नेता केसीको उपचारको क्रममा न्युरो अस्पतालमा निधन भएको उनका मिलनसार मित्र मोहन श्रेष्ठले जानकारी दिए।
प्युठानमा जन्मिएका उनी बामपन्थी राजनीतिबाट आएका हुन्। विस २०३१ सालमा पशुपतिशमशेर राणासग भेटभएदेखि उनी रापैपा पार्टीमा आबद्ध भएका थिए। सुशील कोइराला प्रधानमन्त्री हुदाँ उनी आपूर्तिराज्य मन्त्री थिए।