राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा हरिनारायण यादव नियुक्त भएका छन्।
पार्टी अध्यक्ष कमल थापाले आइतवार वरिष्ठ केन्द्रीय सदस्य सिरहा निवासी यादवलाई उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्। यादवलार्इ अाइतवार पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रमकावीच सम्मान समेत गरिएको छ।
यादवलार्इ सम्मान गर्दै अध्यक्ष थापाले उपाध्यक्षमा भएको नियुक्तीले पार्टीले हिमाल, पहाड र तराईमा समान महत्व दिएको भन्दै यसले पार्टीलाई थप समावेशी बनाउने दाबी गरे।