कांग्रेस कपिलस्तु जिल्ला सभापतिमा सांसद सुरेन्द्र आचार्य पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
जिल्ला समितिको चयनका लागि आइतबार भएको निर्वाचनमा आचार्यले ५ सय ५६ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी राजु अर्याललाई १ सय ९० मत अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएको सांसद एव्ं महासमिति सदस्य अतहर कमाल मुसलमानले जानकारी दिए।
आचार्यका प्रतिद्वन्द्वी अर्यालले ३६६ मत प्राप्त गरे। यसैगरी सचिव पदमा पनि आचार्यकै प्यानलका महेन्द्र पाठक विजयी भए। उनले आफ्ना प्रतिद्वन्द्वीलाई १ सय १८ मत र कोषाध्यक्षका उम्मेदवार सोहरत तेलीले ७७ मतको अन्तरले पराजित गरेका हुन्।
माघ २६ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन सभापति सुशील कोइरालाको निधनका कारण स्थगित भएको थियो।