एकीकृत माओवादीकी पोलीटव्युरो सदस्य एबम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले अव क्रान्तिकारी शक्तिहरु विभक्त वाटो नभई एकताको वाटोमा लाग्नु पर्ने बताएकी छन्।
एकीकृत नेकपा माओवादी दाङले आयोजना गरेको २१ औं ‘जनयुद्ध दिवस’को अवसरमा शनिवार घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामान्य प्रशासन मन्त्री शर्माले क्रान्तिकारी शक्तिहरु मुलुक विकास र श्रमजिबी जनताको लागि भएपनि एकताको वाटोमा लाग्नु जरुरी रहेको बताइन्।
मन्त्री शर्माले क्रान्तिकारी शक्तिहरु एकताको सुत्रमा वाधिनु आवश्यक रहेको बताइना्। पार्टीको अन्तर टुटफुटले सिंगै पार्टी पंत्ति र मुलुकको विकासमा ठेस लागेका उनको तर्क थियो। उनले मुलुकको समृद्धि र नेपाली समाज विकासका लागि क्रान्तिकारी शक्तिहरुबीचको एकताको आधार तय गरी एकता सहित नयाँ एजेण्डा लिएर जनवादी क्रान्तिको विकासमा लाग्नु पर्ने जोड दिएकी छन्।
विभिन्न बाहानाबाजीमा पार्टी फुट्दै र साँघुुरो वन्दै गएकोले सहिद, वेपत्ता र श्रमजिबी जनताका श्रमले उत्पत्ति भएको माओवादी पार्टीको अस्तित्व संकटमा पर्न थालेको उनले बताइन्।
उनले नयाँ शक्ति नेपाली जनताको लागि घातक शक्ति रहेका टिप्पणी गरिन्। माओवादी आन्दोलनको जगले नै वावुराम त्यो स्थानमा पुगेकोले नेपाली जनताको वलिदान वावुरामले भुलेर जनतालाई धोका दिएको उनको आरोप थियो। उनले बाबुुरामको नयाँ शक्ति पुरानो घुसाह्याहरुको पुरानै शक्ति मात्रै भएको टिप्पणी गरिन्।