संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिबार हङकङ जाने भएका छन्। नेपालका प्रथम शहीद लखन थापा मगरको १३८औ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा यादव शनिबार राति हङकङ जान लागेको फोरम नेपालले जनाएको छ।