संघीय समाजवादी फोरम, नेपालले केन्द्रीय सदस्य द्वय रिजवान अन्सारी र राजकुमार यादवलाई पदीय गरिमा र अनुशासनको उल्लंघन गरेको भन्दै पदबाट निष्काशन गरेको छ।
फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी नीति विरुद्ध पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियाहरुमा पार्टी विरोधी अभिव्यक्तिहरु दिएको, पार्टीको विरुद्धमा कथित सङ्घीय नव विचार समूह गठन गरी आफू संयोजक बनेको, पार्टी विधान विपरित पार्टीलाई घात पुग्ने ६ बुँदे माग पार्टीमा नबुझाई बाहिर सार्वजनिक गरेको, पार्टी फुटाउने गुटगत क्रियाकलाप गरेको, पार्टीले पटक पटक मौखिक र लिखित स्पष्टीकरण माग्दा समेत जवाफ नदिएको, पार्टी एकीकरण विरुद्ध गएको, पार्टीको छानविन समितिलाई असहयोग गरेको भन्दै केन्द्रीय सदस्यद्वयलाई निष्काशन गरिएको बताएको हो।