नेकपा (एमाले) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि सातसदस्यीय समिति गठन गरेको छ ।
पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षता गठित सो समितिमा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहनुभएको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए।
युनियनको जारी २२ आै अधिवेशन अन्तर्गत भोली आइतवार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । सो समितिले निर्वाचन कमिटिलाई सहयोग गर्ने वताइएको छ । अध्यक्ष पदको प्रतिष्पर्धामा युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गरेका छन्। रासस