प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच मंगलबार साँझ भेटवार्ता हुने भएको छ। दिवंगत नेता सुशील कोइरालालाई श्रद्धाञ्जली दिन स्वराज भारतीय नेताहरूसहित विशेष जहाजबाट काठमाडौं आएकी छन्। ओली र स्वराजबीच साँझ साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
‘विदेश मन्त्रीको हैसियतमा भेट्न लाग्नु भएको हो‘ दाहालले भने ‘उहाँसँगै आएका नेताहरू भेटमा सहभागी हुने नहुनेबारे टुंगो लागेको छैन।‘
विदेशमन्त्री स्वराजसँगै भारतीय नेताहरू आनन्द शर्मा, शरद यादव, सिताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल पनि कोइरालालाई श्रद्धाञ्जली दिन काठमाडौं आएका छन्।
स्वराज आजै राती दिल्ली फर्कने कार्यक्रम छ।