एमाओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ।
स्वाइनफ्लु संक्रमण भएपछि उनी एक सातादेखि उपचार गराइरहेका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि समवेदना व्यक्त गर्न लेखेको ट्वीटमा उनले आफू स्वाइनफ्लुको उपचारमा रहेको उल्लेख गरेका छन्।