पछिल्लो केहीदिन देखि निमोनियाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ।
कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिएका छन्।
‘टाइप टु रेस्पिरेटरी फेलियर’मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ।
ब्रोङकाइस्टका दीर्घ रोगी कोइराला पछिल्लो केही दिन देखि ज्वरोले थलिएका थिए। निमोनियाले च्यापेपछि निवासमै निजी चिकित्सकहरुबाट उपचार लिँदै आएका थिए। उनलाई तीनवटा इन्टिबाइटिक चलाइएको थियो।
हिजो साँझ गाह्रो भएपछि चिकित्सक योगी कोइरालाको निवासमै गएर बसेका थिए। पछिल्लो केही दिनदेखि कोइराला सार्वजनिक कार्यक्रमहरुमा उपस्थित थिएनन्।
लामो समयदेखि जिब्रोको क्यान्सर रोगबाट पीडित भएका कोइरालाको क्यान्सरकै कारण निधन नभएको योगीले बताए।