नेपाली कांग्रेस बर्दिया सभापतिमा भएको मतदानमा चारवटै मतदाताले ५१ प्रतिशत भोट ल्याउन नसकेपछि पुनः मतदान हुने भएको छ।
बर्दियाको जिल्ला विकास समितिको हलमा भएको मतदानमा सभापति पदका उम्मेदवार सञ्जय गौतम २ सय ५७ मतका साथमा अग्रस्थानमा रहे भने विद्याप्रसाद खनाल १ सय ९१ मत, तेज बहादुर भाट ५१ मत प्राप्त गरेका छन् भने जग्गा पाण्डेले २२ मत प्राप्त गरे। कांग्रेसको विधान अनुसार दुई भन्दा बढि उम्मेदवार भए सभापतिका लागि स्पष्ट बुहमत अर्थात ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ।
यसैवीच सचिवमा भने मक्कुराम थारुले २ सय ६६ मतका साथ विजयी भए। उनले आफ्ना प्रत्याशी मथुराप्रसाद थारुलाई पराजित गरे। थारुले १ सय ७९ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा शान्ति कुमारी अधिकारी विजयी भइन्। सभापतिका लागि मंगलबार भोलि बिहान ९ बजेदेखि पुन निर्वाचन हुनेछ।