उत्तर कोरियाले लामो दूरीको रकेट परिक्षण गरेको छ।
यो रकेट उत्तर कोरियाको उत्तर पश्चिमी क्षेत्रबाट प्रक्षेपण गरिएको र जापानको दक्षिणी ओकिनावा टापुमाथिबाट गएको दक्षिण कोरियाले दाबी गरेको छ।
अमेरिका, जापान र दक्षिण कोरियाले रकेट प्रक्षेपणप्रति कडा आपत्ति जनाएका छन्। उनीहरुले आइतबार नै संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदको आपत्कालीन बैठक बोलाउन माग गरेका छन्।
जापानका प्रधानमन्त्री सिन्ज़ो आबेले उत्तरकोरियाले सुरक्षा परिषदको प्रस्ताव उल्लंघन गरेको बताएका छन्।
उत्तरकोरियाका पूर्वराष्ट्रपति कीम जोङ इलको जन्मजयन्ती अघि यो रकेट प्रक्षेपण गरेको बताइएको छ। पूर्वराष्ट्रपति इल को जन्मजयन्ती फेब्रुअरी १६ मा पर्छ।