नेपाली कांग्रेस रोल्पामा संस्थापन पक्ष हाबी भएको छ। शनिवार राति अबेरमात्रै सकिएको अधिवशेनबाट क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधिमा बरिष्ठ नेता शेरवहादुर देउवा पक्षलाई पराजित गर्दै अधिकांश संस्थापन पक्षका नेताहरु निर्वाचित भएका छन्।
क्षेत्र नम्बर १ मा दुवै पक्षका बराबरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए पनि क्षेत्र नम्बर २ मा भने देउवा पक्षका तीन जनामात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
क्षेत्रीय सभापतिसहित २४ महाधिवेशन प्रतिनिधि मध्ये १५ जना संस्थापन पक्षका निर्वाचित हुँदा ९ जना बरिष्ठ नेता शेरवहादुर देउवा पक्षका निर्वाचित भएको विद्यार्थी नेता मनोजमणि आचार्यले जानकारी दिए।
रोल्पा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा संस्थापन पक्षका खिमबहाखुर विष्ट निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा माधवप्रसाद आचार्य, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, नारायण सुवेदी, मानवहादुर खत्री, तीजा विष्ट, सुरेन्द्र हमाल, मणिकला राणा, श्रीकुमारी घर्ती, हिरालाल नेपाली, अमृत घर्ती र गणेश पुन निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ बाट निर्वाचित भएका मध्ये ६ जना सभापति विष्टसहित माधवप्रसाद आचार्य, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, नारायण सुवेदी, तीजा विष्ट र मणिकला राण संस्थापन पक्षधर हुन्।
यस्तै रोल्पा क्षेत्र नम्बर २ को सभापतिमा संस्थापन पक्षकै गोपाल घर्ती मगर निर्वाचित भए। यसैगरी महाधिवेशन प्रतिनिधिमा सांसद अमरसिंह पुन मगर, लेखमणि डाँगी, खड्कवहादुर खत्री, पहलमान ओली, दिलेन्द्र बोहरा, झक्कुप्रसाद घर्ती, बमवहादुर रोका, टिका थापा, पबित्रा ओली, मोहन परियार र शंकबहादुर छन्त्याल निर्वाचित भए।
क्षेत्र नम्बर २ बाट देउवा पक्षका झक्कुप्रसाद घर्ती, टिका थापा र मोहन परियारमात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।