नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिको निर्वाचनमा सुदूरपश्चिममा संस्थापन भन्दा बरिष्ठ नेता शेरवहादुर पक्षका बहुमत नेताहरु बिजयी भएका छन्। महाधिवेशन प्रतिनिधि तथा क्षेत्रिय समितिको चयनको प्रक्रिया शुक्रवार सकिएसँगै सुदूरपश्चिमाञ्चलमा देउवा पक्षका बहुमत महाधिवेशन प्रतिनिधिहरुले चुनाव जितेका हुन्। योसँगै सुदूरपश्चिममा सभापति सुशील कोइराला पक्षभन्दा बरिष्ठ नेता देउवा पक्षको स्थिति बलियो देखिएको छ।
सुदूरपश्चिमको कैलालीमा भएको क्षेत्रीय निर्वाचनबाट अत्यधिक देउवा पक्षीय नेता महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्रीय सभापतिसहित ७२ जना महाधिवेशन प्रतिनिधि छानिएकोेमा ४९ जना देउवा पक्षका छन्। त्यस्तै, २३ जना संस्थापन पक्षका नेता महाधिवेशन प्रतिनिधिमा विजयी भए। कैलाली क्षेत्र नम्बर १, ५ र ६ मा देउवा पक्षले एकलौटी रुपमा बाजी मारेका छन्। क्षेत्र नम्बर २ मा भने संस्थापन पक्षले बाजी मारेको छ ।
क्षेत्र नम्बर ३ मा संस्थापन पक्षकै ८ जना, क्षेत्र नम्बर–४ मा तीन जना महाधिवेशन प्रतिनिधिका लागि विजयी भएका छन्। कैलाली क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिमा फकिर सिंह कडायत, तेज बहादुर बिष्ट, रणबहादुर रावल, धर्मराज न्यौपाने, नृप बहादुर खड्का, रमेश खत्री केसी, केसरी बिष्ट, विष्णुदेवी रावल, देबेन्द्र सिंह नेपाली, गंगादेवी चौधरी, सुरेन्द्रकुमार मल्लिक विजयी भएका छन्। क्षेत्र नम्बर १ मा भुवनेश्वर जोशी क्षेत्रीय सभापतिमा विजयी भए।
यस्तै क्षेत्र नम्बर–२ मा कमलबहादुर शाह, मानबहादुर महतौं, दलवीर साउद, जनकबहादुर बम, विजय स्वाँर, हुर्मत चलाउने, शिवा थापा, सुमन सञ्ज्याल, छत्र टेलर, लोकबहादुर महतों, वीरेन्द्र राय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भक्त बहादुर थापा विजयी भए।
कैलाली क्षेत्र नम्बर–३ मा नारायणदत्त मिश्र, बुद्धिसागर चौधरी, लक्ष्य बहादुर न्यौपाने, बीर बहादुर हमाल, रामनाथ उपाध्याय, रामसमझ चौधरी, सरिता उप्रेती, माया चौधरी, प्रताप ताम्राकार, भरतराम चौधरी र परशुराम चौधरी महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। क्षेत्र नम्बर ३ को सभापतिमा जीवन श्रेष्ठ विजयी भएका छन्।
यसैगरी, क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिका लागि मोहनराज मल्ल, भीम बडुवाल, गणेश देउवा, टेकराज जोशी, गोबिन्दराज जोशी,लक्ष्मीराज जोशी,रीताकुमारी चौधरी, कलावतीदेवी शाह, नरसिंह सार्की, चेतराज श्रेष्ठ र जिवन राना विजयी भए। क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा खेमराज चौधरी विजयी भएका छन् ।
यस्तै, कैलाली क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधिका लागि वीरेन्द्र भट्ट, डा. लक्ष्मीराज पाठक, पदमराज भट्ट, रामचन्द्र ओझा, बजिरसिंह बडेला,रामचन्द्र ओझा, बसन्ती ओझा, गोमा केसी, गंगाराम विश्वकर्मा, फिरुलाल राना, गोपाल देउवा विजयी भए। क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा दिनेशराज जोशी विजयी भए।
कैलालीको १ देखि ५ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि र जिल्ला प्रतिनिधि र क्षेत्रीय समिति चयन कार्य निर्वाचनबाट भएको थियो। तर, क्षेत्र नम्बर ६ मा भने सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि, जिल्ला प्रतिनिधि र क्षेत्रीय समिति चयन गरिएको थियो। महाधिवेशन प्रतिनिधिका लागि महिला तर्फ भने निर्वाचन भएको थियो।
क्षेत्र नम्बर ६ मा पुष्करनाथ ओझा, आनन्दराज जोशी, नारायणदत्त भट्ट, नरनारायण शाह, उत्तम कठायत, कृष्ण महरा, पुष्पा भट्ट, रत्ना मल्ल, टेकबहादुर रैका, प्यारेलाल राना र बब्लु चौधरी महाधिवेशन प्रतिनिधिका लागि विजयी भए। क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिमा हरिश खड्कालाई चयन गरिएको छ।
यसैगरी डोटीमा महाधिबेशन प्रतिनिधि र क्षेत्रीय समितिमा देउवाको प्यानलले बर्चस्व कायम गरेको छ। निर्बाचित २४ जना मध्ये दुईजना मात्र संस्थापन निकट छन्।
क्षेत्र नम्बर–१ मा भएको निर्वाचनबाट सांसद भरतबहादुर खड्कामात्र संस्थापन पक्षबाट बिजयी भए। सासंद बीरबहादुर बलायर, पूर्वमन्त्री भक्तबहादुर बलायर, पुष्पकुमार शाही, रामप्रसाद उपाध्याय,नरेन्द्र बहादुर सिंह, प्रशिस महरा, माया कुँवर, कुमार टेलर, मुक्तिनाथ शर्मा र प्रेमा श्रेष्ठ निर्बाचित भएका छन्। क्षेत्रीय सभापति बिजय खड्का बिजयी भए ।
क्षेत्र नम्बर २ मा पनि संस्थापनतर्फबाट डिलबहादुर बममात्रै बिजयी भए। भूमिराज बडु, प्रदीप देउवा, बीरबहादुर जेठारा, कृष्णबहादुर चन्द, लोकेन्द्र शाही, प्रतिभा शाही, मिना बिष्ट लालबहादुर बिक, तेज बहादुर पुन, योगेन्द्र माझी महाधिवेशन प्रतिनिधिमा विजयी भए। उनीहरु सबै देउवा पक्षधर हुन्। क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा सीताराम जोशी निर्वाचित भए।
बैतडीमा मिश्रित नतिजा
बैतडीमा भने महाधिवेशन प्रतिनिधिको नजिता मिश्रित आएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको बैतडीमा संस्थापन पक्षका ८ र देउवा पक्षका ६ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। क्षेत्र नम्बर १ मा देउवा पक्षका केशवबहादुर चन्द, हरिमान मोहन भण्डारी, उत्तर ऐर र लोकराज अवस्थी गरी ४ जना महाधिवेशन प्रतिनिधिमा चयन भए।
सोही क्षेत्रमा संस्थापन पक्षका अमर बिष्ट र दिपक बम महाधिवेशन प्रतिनिधिका लागि विजयी भएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा संस्थापन पक्षका चतुर बहादुर चन्द, दिनेश बहादुर चन्द, नरेन्द्रसिंह थापा, विनयध्वज चन्द, महिलामा माया बोहरा र मीना चन्द गरी ६ जना महाधिवेशन प्रतिनिधिमा विजयी भए।
सोही क्षेत्रमा देउवा पक्षका सांसद नरबहादुर चन्द र कर्ण सिंह साउद गरी दुई जनामात्रै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा देउवा पक्षका तेजबहादुर चन्द विजयी भए।
यसैबीच, डडेल्धुरामा महाधिबेशन प्रतिनिधि र जिल्लाको नेतृत्व चयनका लागि शनिवार मतदान भएको छ। डडेल्धुरामा दुईवटा प्यानलबीच प्रतिस्पर्धा भएको छ। प्रतिस्पर्धी दुबै प्यानल देउवा समर्थक हुन्।
सभापतिमा रघुबर भट्ट र कर्ण मल्लबीच प्रतिस्पर्धा भएको छ। चुनावी प्रतिस्पर्धामा रहेका २० महाधिबेशन प्रतिनिधि पनि प्यानलमा बाडिएका छन्। जसमध्ये १० जना निर्बाचित हुनेछन् । यसअघि नै डडेल्धुराबाट बरिष्ठ नेता शेर बहादुर देउवा र आरजु देउवा निर्बिरोध निर्बाचित भइसकेका छन्।
यस्तै अछामको क्षेत्र नं १ का सभापतिमा लक्ष्मण खडका विजयी भएका छन्। खडकाले १ सय ४८ मत ल्याएर विजयी भएका हुन्। महाधिवेशन प्रतिनिधिमा भरत कुमार स्वाँर, गोविन्द बहादुर शाह, मेघराज खड्का, राजन कुँवर, ध्वज बहादुर कुँवर,लोकबहादुर बुढामगर, हर्क बहादुर स्वाँर, अनुराधा स्वाँर, पशुपति खडका, टक्कर ताम्राकार, र प्रेमबहादुर बुढा विजयी भए।