नेपाली काँग्रेस इलामको तीनवटै क्षेत्रमा क्षेत्रीय समिति चयन भएको छ ।
शुक्रबार भएको निर्वाचनबाट सबै क्षेत्रको समिति चयन भएको नेपाली काँग्रेस इलामका सचिव खगेन्द्र देवानले आज जानकारी दिए।
इलाम क्षेत्र नं १ मा दुर्गा बराल, क्षेत्र नं। २ मा गोविन्द गिरी र क्षेत्र नं ३ मा नुतनदेव दुलाल निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट पूर्वमन्त्री बेनुपराज प्रसाईं, टीकाराम सुब्वा, दीपक अधिकारी, प्रेम चाम्लिङ, उद्धव पौडेल र नरबहादुर सुवेदी निर्वाचित भएका छन्।
क्षेत्र नं २ बाट भेषराज आचार्य, हरिप्रसाद खनाल, पूर्णप्रसाद गौतम, नगेन्द्र कुमाल, डिकेन्द्र इदिङ्गो र राजेन्द्र बाँस्तोला निर्वाचित भएको छन् भने क्षेत्र नं ३ बाट हिमालय कर्माचार्य, गोविन्द पौडेल, केशव थापा, तोयानाथ भट्टराई, डम्बर खड्का र केदार थापा निर्वाचित भएको नेपाली काँग्रेस इलामले जनाएको छ। रासस