एकीकृत माओवादीका अध्यक्ष पुष्यपकमल दाहाल प्रचण्ड र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोवीच भेटवार्ता भएको छ।
लाजिम्पाटस्थित प्रचण्डको निवासमा शनिवास साँझ भएको भेटवार्तामा उनीहरुवीच तराई मधेसको आन्दोलनका बारेमा र शीर्ष दल र मधेसी मोर्चावीच भइरहेको छलफलका बारेमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
भेटमा प्रचण्डले शीर्ष दल र मोर्चाबीचको छलफल र सहमतिबाटै निकास खोजिने छलफलका क्रममा बताएका थिए। उनले सिमांकनका बिषयहरु पनि छलफल र संवादका माध्यमबाट सहमतिमै टुंगो लाग्ने स्पष्ट पारेका थिए।
महतोले आन्दोलनबाट जनताले सास्ती पाएकोले आफूले सञ्चार माध्यममा दिएको अभिव्यक्ति सही भएको बताएका थिए। उनले पनि संवाद र छलफलबाट नै अब सहमतिमा पुग्नुपर्ने बताएका थिए।