राप्रपा नेपाल समानान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकता वार्ता गर्न सात सदस्यीय वार्ता टोली गठन गरेको छ।
राप्रपा नेपालबाट करिब दुई वर्ष अगाडि सो समूह अलग रहेको थियो पार्टीको आज सम्पन्न कार्यसम्पादन समितिको बैठकले वार्ता टोलीका संयोजकमा महामन्त्री श्याम तिमल्सिना तथा सदस्यमा सहायक महामन्त्री किशोर गुरुङ, नवराज दाहाल र उर्मिला रावल, प्रवक्ता सगुनसुन्दर लावती, सहायक प्रवक्ता शोभा तिमल्सिना र केन्द्रीय सदस्य कर्णप्रखर धिताललाई जिम्मेवारी दिएको हो ।
पार्टीका केन्द्रीय सदस्य सपना अर्यालले राष्ट्रियता सङ्कटमा परेको अहिलेको परिवेशमा राष्ट्रवादी एकताको आवश्यकतालाई दृष्टिकोण गरी दुई पार्टीबीच एकीकरण वार्ता प्रक्रिया चाँडो सुरु गरिने बताए।
यसअघि राप्रपा नेपाल र राप्रपाबीच एकताका लागि दुई दलले छुट्टाछुट्टै समिति गठन गरिसकेका छन् । राप्रपा नेपाल वार्ता समितिमा पार्टी उपाध्यक्ष राजीव पराजुली तथा राप्रपा वार्ता समितिमा पार्टी महामन्त्री बुद्धिमान तामाङ संयोजक छन्। रासस