एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तराई–मधेस लोकतान्त्रिक पार्टीमा सह–अध्यक्ष हृदयेश त्रिपाठीबीच बुधबबार भेट भएको छ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास लाजिम्पाट पुगेका त्रिपाठीसँग नाकाबन्दी र मधेश आन्दोलनका बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
महन्त ठाकुर स्वदेश फर्किएपछि राजनीतिक समिति बनाएर सिमांकनका बिषयमा टुंगोमा पुर्याउने विषषयमा दुई नेताबीच छलफल भएको बताइएको छ। अध्यक्ष प्रचण्डले मोर्चालाई चाँडोभन्दा चाँडो आन्दोलन टुंग्याएर नाका सहज बनाउन आग्रह गरेका थिए।