पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् ।
पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन्। बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
साथै तोडफोडबाट गाडीको सिसा फुटेको छ। गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन्।
यस्तै सोही ठाउँमा पिबी २९ आर ९२७२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। रासस