मोरङको रङ्गेली र डाइनियामा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएकोे छ।
बिहीवार मोरङको रङ्गेलीमा नेकपा एमालेनिकट युवा सङ्घ नेपालले आयोजना गरेको तराई–संवाद र जनजागरण कार्यक्रमको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीवीच तनाब बढेपछि प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर रङ्गेलीका ६२ वर्षीय धु्रवदी चौधरी, बरडङ्गा–२ का ४५ वर्षीय महादेव ऋुषिदेव र डाइनिया–९ का २५ वर्षीय शिवु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी र महादेबको रंगेलीमा तथा माझीको डाइनियामा प्रहरीको गोली लागेर मृत्यु भएको हो।
चोपडा घर भएकी चौधरी रंगेली बजारमा पाहुना आएकी थिइन्। काली मन्दिर नजिक प्रहरीले चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। यस्तै घटनामा घाइते भएका महादेव ऋषिदेवको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको छ।
मोर्चाका कार्यकर्ता एमालेको कार्यक्रम बिथोल्न मञ्चतर्फ आउन खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी र अश्र्रुग्यास प्रहार गरेको थियो। स्थिति तनाबग्रस्त हुन थालेपछि प्रहरीले स्थिति आफ्नो नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको प्रहरीले बताएको छ।
यो पनि हेर्नुहोस्: