एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ट्वीटर चलाउन सुरु गरेका छन्।
उनले @cmprachanda ह्याण्डलबाट ट्वीटर एकाउन्ट खोलेका छन्।
बिहीबार साँझसम्ममा उनले १५६ प्रयोगकर्तालाई 'फलो' गरेका छन् भने १०७ जनाले उनलाई 'फलो' गरेका छन्।
बिहीबार दिउँसो गरिएको पहिलो ट्वीटमा अध्यक्ष दाहाल सहभागी हुने बिहीबारका कार्यक्रमहंरु बारे जानकारी गराइएको छ।