प्रधानमन्त्री केपी शर्मा अोली र उनका भारतीय समकक्षाी नरेन्द्र मोदीबीच भएको अाजको टेलिफोन वार्ताको पहल प्रधानमन्त्री अोलीले गरेको थाहा भएको छ।
भारतीय विदेश मन्त्रालयले टेलिफोन प्रधानमन्त्री अोलीले गरेको जनाएको छ। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- प्रधानमन्त्री केपी शर्मा अोलीले प्रधानमन्त्रीलाई टेलिफोन गरेर नेपालको राजनीितक विकासक्रमबारे 'ब्रिफ' गर्नुभयो।
मोदीले नेपालमा भइरहेको राजनीितक समस्याको सहमतिका आधारमा दिगो समाधान निकाल्ने कुरामा जोड दिएको विदेश मन्त्रालय विज्ञप्तिमार्फत जनाएको छ।
टेलिफोन कुराकानीमा मोदीले नेपाली जनतालाई नयाँ वर्ष (सन् २०१६)को शुभकामना पनि दिएका थिए।