आन्दोरनरत मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा भारतीय गाडीमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले गएराति नेपाल भारत सीमासँगै जोडिएको सरमझुवाको बंकुल बजार नजिक बिआर ०१ पीए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा आगजनी गरेका हुन् ।
जिपमा राखेर नेपाली बजारमा ल्याउँदै गरेको ५ सय लिटर डिजलसमेत मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजानी गरेका छन् । आगजनीबाट बोलेर सजप पूर्णरुपमा जलेको डिएसपी राजेन्द्र पोखरेलले जनाकारी दिए ।
आन्दोलनकारीले आगजनी गरेको उक्त जिप भारतीय नागरिककै भएको बताइएको छ ।
आगजनीको खबर पाउनसाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । तर मोर्चाका कार्यकर्ताहरु आगजनी गर्ना साथ फरार भएको र उनीहरुको खोजी भइरहेको पोखरेलले बताए।