आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार आन्दोलनका नयाँ कार्यक्रमहरु तय गरे पनि नाकाबन्दी नखोल्ने भएको छ।
नाकाबन्दी र राजमार्ग अवरोधका कार्यक्रमले निन्तरता पाउने मोर्चामा आबद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलालक कर्णले सेतोपाटीलाई बताए। उनले भने, 'नाका खुल्ने भनेको छैन। आजको बैठकले थप कार्यक्रम मात्रै तय गरेको हो। पुराना सबै कार्यक्रमले निरन्तरता पाउँछ।'
शुक्रबार तराइमधेस लोकतान्त्रिक पार्टीको कार्यालय, बिजुलीबजारमा बसेको मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम तय गरेको हो।