मधेश आन्दोलनको समर्थनमा नेपाली कांग्रेसले सोमबार वीरगंजमा मोटरसाइकल र्यालीको गरेको छ। माईस्थान चोकबाट पार्टीको झण्डा सहित निस्किएको र्यालीले नगर परिक्रमा गरी कोणसभामा परिणत भएको थियो। माईस्थानबाट आदर्शनगर, विर्ता चौक, अलखिया मठ, गिता मन्दिर चोक हुँदै नगर परिक्रमापछि माईस्थानमा आएर कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै स्थानीय नेताहरुले १ सय १० दिन देखि जारी मधेस आन्दोलनमा ५४ जना मधेशी जनताले सहादत प्राप्त गरिसकेको र आन्दोलनले अहिलेसम्म निकास नपाएको प्रति दुःख व्यक्त गरेका थिए। उनीहरुले मधेस आन्दोलनको मागं पुरा नभए अझ सशक्त रुपमा आन्दोलनलाइ अगाडि बढाउन नेपाली कांग्रेस समेत सडक संघर्षमा आएको धारणा व्यक्त गरेका थिए।
प्रदर्शनमा पूर्व सभासद ओम ्रकाश शर्मा, महासमिति सदस्य ध्रुव नेपाल, रामनारायण कुर्मी, उत्तमा प्याकुरेल, जिल्ला कार्य समिति सदस्य अरविन्द गुप्ता, रुपा श्रेष्ठ, क्षेत्रिय सभापतिहरु विजय सर्राफ, विरेन्द्र पटेल, श्याम पटेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधेश्याम चौरसिया, मुस्लिम संघका के. सचिव मो. सत्तार मंसुरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाको सहभागिता रहेको थियो।