नेकपा एमाले मकवानपुरको अध्यक्षमा मनु सिग्देल निर्वाचित भएकी छिन् ।
हेटौंडामा भएको १० औं जिल्ला अधिवेशनमा उनले रघुनाथ खुलाललाई १ मतले हराउँदै उनी विजयी भएकी हुन् । उनले २ सय १३ मत पाइन् । अधिवेशनमा २ सय ३२ मत खसेको थियो । एमाले मकवानपुरमा यो नै महिला अध्यक्ष भएको पहिलो पटक हो । उनी एमाले केन्द्रीय सदस्य विरोध खतिवडाकी पत्नि हुन् ।
साथै एमाले उपाध्यक्षमा बद्री लम्साल, सचिवमा एकलाल श्रेष्ठ र सहसचिवमा मिना लामा निर्वाचित भएकी छिन् ।