मधेस आन्दोलन राजनीतिक समस्या भएको भन्दै वार्तामार्फत तत्काल तराई मधेशको माग सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलनकारीले आईतबार जिल्ला प्रशासन कार्यालय महोत्तरी घेराउ गरेका छन।
मधेसवादी दलले आन्दोलन थालेको एक सय सात नाघिसक्दा पनि उनीहरुका माग सम्बोधनका लागि सरकार गम्भीर नभएको भन्दै मधेश आन्दोलन नागरिक समाज पिपराले विरोध प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय महोतरी घेराउ गरेका छन्।
यसअघि उनीहरुले सदरमुकाम जलेश्वरको जिरोमाईलबाट ऐक्यवद्धता र्याली निकाली नगरको विभिन्न भागमा सरकार विरुद्ध चर्का नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगी मधेसका विभिन्न माग सम्बोधन गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका थिए।
आन्दोलनकारीहरुले मधेस विरोधी सरकार मुर्दाबाद, हत्याहिंसा बन्द गर, मधेसको माग पुरा गर, वीर सहिद अमर रहे जस्ता नाराहरु लगाएका थिए।
मधेश आन्दोलनका कारण जनताले भोकभोकै बस्नुपर्ने अवस्था आएपनि यसतर्फ सरकार सम्वेदनशील नभएको प्रदर्शनकारीहरुको आरोप लगाएका थिए।