मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी र त्यसपछि बढेको कालोबजारीविरुद्ध प्रर्दशन गरेको छ।
नेकपा माओवादीले शुक्रबार शान्तिबाटिकाबाट जुलुस निकालेर नाकाबन्दी र कालोबजारीको विरोधमा प्रदर्शन गरेको हो। माओवादीले मधेश आन्दोलन सम्बोधन गर्न पनि माग गरेको छ।
मधेशवादी दल र थारुहरुले आन्दोलन गरेको एक सय दिनभन्दा बढी भइसक्दा पनि सरकारले आन्दोलनकारीका माग पूरा नगर्नु दुःखद् भएको भन्दै माओवादीले वार्ताबाट जतिसक्दो चाँडो समस्याको समाधान खोज्न आग्रह गरेको छ। सरकार आन्दोलनकारीका माग पूरा गर्ने दायित्वबाट भाग्न नहुने माओवादीको भनाइ छ। माओवादीले आन्तरिक समस्या समाधान गरेर भारतको नाकाबन्दीविरुद्ध सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभिने वातावरण तयार गर्न माग गरेको छ। माओवादीले निकालेको जुलुस, भद्रकाली, शहिदगेट, न्युरोड, इन्द्रचोक, असन, भोटोहिटी हुँदै शान्त्विाटिकामा पुगेर टुंगिएको थियो ।