बिहीबार साँझ गाईघाटस्थित होटल नमस्तेमा एनेकपा (माओवादी) उदयपुरबाट केही कार्यकर्ताले विद्रोह गरेर नयाँ शक्ति गठन गरे । नयाँ पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ समिति गठन भएको कुरा सो समितिका जिल्ला सदस्य श्यामकुमार भगतले बताए।
नयाँ शक्तिमा हाल माओवादीका आठजना जिल्ला पार्टी कार्यकर्ता विद्रोह गरेर नयाँ शक्ति (पार्टी) खोलेको पनि जिल्ला सदस्य भगतले बताए । आठ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएको उक्त पार्टीका जिल्ला संयोजकमा खुम्बराज खत्री (अदब) रहेको पनि सो पार्टीले बताएको छ ।
अन्य सदस्यहरुमा भैरव श्रेष्ठ, जगदीश साह, विजेन्द्रलाल कर्ण, राजेन्द्र दनुवार, शत्रुधन साह, श्याम भगत र अर्जुन धमला छन् ।
उनीहरुले एनेकपा (माओवादी) उदयपुरबाट विद्रोह गरेर नयाँ शक्तिमा विलय भएको भन्दै आफूहरु एनेकपा (माओवादी) पार्टीको साधारण सदस्यसमेत अब नरहेको पनि आज एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन् ।
नयाँ शक्तिका संयोजक खत्री एनेकपा (माओवादी) पार्टीका पूर्व जिल्ला सहसचिव हुन् भने अन्य जिल्ला सदस्य र केही इलाकास्तरीय सदस्य ।
नयाँ जिल्ला सदस्य भगतका अनुसार अझै पनि अन्य व्यक्तिहरु पनि एनेकपा (माओवादी) उदयपुरबाट विद्रोह गरेर आफूहरुसँग आउन लागेका छन् । रासस